Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

जेठ अन्तिम साता सेयर बजार सकारात्मक, नेप्से परिसूचक ३४.५१ अंकले बढ्दा ६ करोड १९ लाखकाे काराेबार

जेठ अन्तिम साता सेयर बजार सकारात्मक, नेप्से परिसूचक ३४.५१ अंकले बढ्दा ६ करोड १९ लाखकाे काराेबार

काठमाडाैं, १ असार । जेठकाे अन्तिम साता नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.५१ अंकले बढ्याे । गत साता २०७७.७८ विन्दुमा रहेकाे नेप्से यस सता  १.६६ प्रतिशतले बढेर २११२.२९ विन्दुमा बन्द भएको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन घटेर बन्द भएको थियो। कारोबारकाे पहिलाे दिन ४ दशमलव ५९ र अन्तिम दिन ९ दशमलव ३२ अंक घटेकाे बजार दाेस्राे दिन ८ दशमलव ९० अंक, तेस्रो दिन ३३ दशमलव १५ अंक र चौथो दिन ६ दशमलव ३७ अंक बढेको थियो ।

यो साता पाँच कारोबार दिनमा २८ अर्ब ५७ करोड २१ लाख रुपैयाँभन्दा बढीको ६ करोड १९ लाख ९७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता २० अर्ब ७८ करोड १० लाख रुपैयाँभन्दा बढीको ४ करोड ३६ लाख ७९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x