Date

मङ्ल, साउन १, २०८१
Tue, July 16, 2024

कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढ्याे

कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढ्याे

काठमाडाैं, ५ असार । आर्थिक वर्ष २०८०÷८१ को दश महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा यस्तो कर्जा ५.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १२.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा यस्तो दावी ५.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.६ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x