Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भदौ तेस्रो साता काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

भदौ तेस्रो साता काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

काठमाडौं। २४ असार । आगामी भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ आयोजना हुने भएको छ । एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर्स तथा फर्निसिङ संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोबारे जानकारी दिएको हो ।

एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने संघले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादनले एक्स्पोको आकर्षण थप बढ्ने संघले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x