Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

११ महीनामा १ खर्ब ३३ अर्ब बढी कुल बीमा शुल्क संकलन

११ महीनामा १ खर्ब ३३ अर्ब बढी कुल बीमा शुल्क संकलन

काठमाडाैं, १२ असार । चालू आर्थिक वर्षको ११ महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू १ खर्ब ३३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरूले १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमालेख विक्री गरी कुल रू १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख बीमा शुल्क संकलन गरेका हुन् ।

यस्तै जेठमा मात्र बीमा कम्पनीहरूले ३ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बिमा शूल्क आर्जन छ । गत साउनदेखि जेठसम्ममा कम्पनीले रू. ३५ अर्ब ५६ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको हो । यस्तै दाेस्रामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ११ महीनामा रू. १५ अर्ब ९८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले जेठ महीनासम्ममा रू १५ अर्ब ८९ करोड, हिमालयन लाइफ इन्स्योरेन्सले रू १४ अर्ब ६४ करोड र सूर्यज्योति लाइफ इन्स्योरेन्सले रू ८ अर्ब र  एशियन लाइफले रू ७ अर्ब २ करोड कुल बीमा शुल्क आर्जन गरेकाे छ ।

त्यसैगरी सिटिजन लाइफले जेठसम्ममा रू ५ अर्ब २९ करोड, सानिमा रिलाइन्स लाइफले रू ५ अर्ब ३२ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले रू ५ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले जेठसम्ममा रू ३ अर्ब ३९ करोड  रिलायबल नेपाल लाइफले रू ३ अर्ब ६९ करोड, प्रभु महालक्ष्मी लाइफले रू ३ अर्ब ७१ करोड, आइएमई लाइफले रू ४ अर्ब ४ करोड र मेट लाइफ इन्स्योरेन्स कम्पनीले रू ५ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x