शुन्य प्रतिशत ब्याजदरमा पाँच बर्ष को लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सकिने
काठमाडाैं, २० असार ।नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा ० प्रतिशत ब्याजदर योजना ल्याएकाे छ ।
यो योजना अन्तर्गत शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्टमा कोना कार खरीद गर्न सकिने कम्पनीले जनाएको हाे।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
हुन्डाई कोना २ वटा भेरियन्टमा उपलप्ध छ । नेपाली बजारमा कोना जीएलएसको मूल्य रु ५९,९६,००० र जीएसएस भेरियन्टको मूल्य रु ६४,९६,००० रहेको छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।