Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई दिने साढे ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई दिने साढे ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

काठमाडाैं, २७ असार । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई ४ करोड १३ लाख अमेरिकी डलर अर्थात् झन्डै ५ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण निकासा गर्ने निर्णय गरेको छ ।

कोषले विज्ञप्ति निकालेर कार्यकारी सञ्चालक समितिको बैठकले रकम निकासा गर्ने निर्णय गरेको जानकारी गराएको हो । नेपालको वित्तीय र मौद्रिक क्षेत्रमा भएको सुधारबारे आईएमएफले गरेको मूल्याङ्कनपछि कर्जा सुविधा निकासा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो आईएमएफले नेपाललाई सहुलियत कर्जा दिन प्रतिबद्धता जनाएको रकमको चौथो किस्ता हो ।यसअघि १२ जनवरी २०२२ मै कोषले नेपाललाई विस्तारित ऋण सुविधाअन्तर्गत कुल ३७ करोड १६ लाख अमेरिकी डलर रकम प्रदान गर्नका लागि अनुमोदन गरेको थियो ।

नेपालले आर्थिक सुधार एजेन्डामा महत्त्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै आईएमएफले मौद्रिक नीति, बैंकिङ नियमनजस्ता माध्यममार्फत कोभिड १९ का असरविरुद्ध प्रभावकारी भूमिका निर्वाह गरेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x