Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रोग्रेसिभ फाइनान्सले तोक्यो बुक क्लोजको मिती

प्रोग्रेसिभ फाइनान्सले तोक्यो बुक क्लोजको मिती

काठमाडौं, २५ असार । प्रोग्रेसिभ फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि शेयरदर्ता किताब बन्दको मिती तोकेको छ । फाइनान्सले साउन २३ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । फाइनान्सले १ बराबर २.८१ कित्ता अर्थात २८१ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले जारी गर्ने हकप्रद शेयर सुरक्षित गर्न लगानीकर्ताहरुले साउन २२ गतेसम्ममा फाइनान्सको शेयर किन्न आवश्यक रहेको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ५९ करोड १ लाख रुपैयाँ बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद पछि फाइनान्ँसको चुक्ता पुँजी २१ करोड रुपैयाँबाट बढेर ८० करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x