Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

१७.१८ अंकले घटेकाे नेप्सेमा ८ अर्ब ७३ कराेडकाे काराेबार

१७.१८ अंकले घटेकाे नेप्सेमा ८ अर्ब ७३ कराेडकाे काराेबार

काठमाडाैं, ३१ असार । चालु आर्थिक वर्षको अन्तिम दिन साेमबार सेयर बजार मापक नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ ।

आज नेप्से परिसूचक १७.१८ अंकले घटेर २२ सय ४० दशमलव ४१ बिन्दुमा कायम भएकाे छ ।

यस दिन २ कराेड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ कराेड १४ लाख ३६ हजार बराबरकाे काराेबार भएकाे छ ।

आज ५६ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १८४ वटाकाे घटेकाे छ । यस्तै २ वटाकाे स्थिर छ ।

घटेकाे बजारमा माण्डु हाइड्राेपावर र सिभिल बैंक डिवेञ्चरकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ  भने जानकी फाइनान्स कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x