आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यकाे ७४.४४ प्रतिशत राजस्व संकलन
काठमाडौं, १ साउन । आर्थिक वर्ष २०८०/८१ मा सरकारले लक्ष्यकाे ७४.४४ प्रतिशत राजस्व संकलन गरेकाे छ । गत आवमा सरकारले १० खर्ब ७४ अर्ब ९७ करोड राजस्व संकलन गरेको हाे।
आइतबारसम्ममा राजस्व संकलन १० खर्ब ३० अर्ब ३४ करोड रुपैयाँ मात्रै थियो । आर्थिक वर्षको अन्तिम दिन सोमबार साँझ साढे सात बजेसम्ममा एकै दिन ४४ अर्ब ६३ करोडको राजस्व संकलन भएको छ ।
समीक्षा अवधिमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोडको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा तीन खर्ब ५८ अर्ब ५७ करोडले कम राजस्व संकलन भएको हाे ।
यद्यपि, आर्थिक वर्ष ०७९/८० को तुलनामा राजस्व संकलन १२.३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७९र८० मा राजस्व संकलन नौ खर्ब ५७ अर्ब १५ करोड मात्रै थियो ।