Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

१.२६ प्रतिशतले बढ्याे नेप्से परिसूचक, १४ अर्ब १३ करोड माथिकाे काराेबार

१.२६ प्रतिशतले बढ्याे नेप्से परिसूचक, १४ अर्ब १३ करोड माथिकाे काराेबार

काठमाडाैं, १० साउन । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२ अंकले बढेकाे छ ।  आज नेप्से परिसूचक १.२६ प्रतिशतले बढेर २५ सय ६८ दशमलव ११ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज नेप्से परिसूचक बढे पनि बुधबारकाे तुलनामा काराेबार रकम घटेकाे छ । यस दिन कारोबार भएको बजारमा कुल ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख माथिको सेयर कारोबार भएको छ । बुघबार  १६ अर्ब २० करोड ८५ लाख माथिको सेयर कारोबार भएको थियाे ।

आज कुल १४३ कम्पनीको सेयर मूल्य बढेको छने ९६ कम्पनीको मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन विकास बैंक, जलबिद्युत, लगानी र अन्य उपसमुह घटेका छन् भने बाँकी सबै बढेका छन् ।

आज उपकार लघुवित्तकाे सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ भने मितेरी विकास बैंककाे सेयर मूल्य सर्वाधिक ७.६५ प्रतिशतले घटेकाे छ। 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *