Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो, काठमाडाैंमा प्रतिलिटर १७० रूपैयाँ कायम

पेट्रोलियम पदार्थको मूल्य घट्यो, काठमाडाैंमा प्रतिलिटर १७० रूपैयाँ कायम

काठमाडाैं, १७ साउन । बिहिबारदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य घटाएको जनाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x