नेपाल विद्युत प्राधिकरणको कुल सम्पती ६ खर्ब ३२ अर्ब नाघ्याे
काठमाडाैं, २६ साउन । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा नेपाल विद्युत प्राधिकरणको सम्पती बढेर ६ खर्ब ३२ अर्ब रूपैयाँ पुगेकाे छ ।
८ वर्ष अघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा १ खर्ब ११ अर्ब रूपैयाँ रहेकाे प्राधिकरणकाे कुल सम्पत्ति हाल ६ खर्ब ३२ अर्ब रूपैयाँ पुगेकाे हाे ।
यस्तै अन्तराष्ट्रिय परामर्सदाता मार्फत सम्पतिकाे वास्तविक मूल्याङ्कन गरेकाे प्राधिकरणले जनाएकाे छ । जसबाट प्राधिकरणकाे सम्पत्तिमा अझै बढाेत्तरी हुने विश्वास व्यक्त गरीएकाे छ ।
यस्तै प्राधिकरणले संस्थाकाे वित्तिय अवस्था थप सुधार, संस्था भित्रकाे सुशासन, हरेक नागरिककाे घरमा विद्युत पुर्याउन विद्युतिकरण, विद्युत आपुर्ति पर्याप्त, भरपर्दाे गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरण तर्फका पूर्वाधार संरचना विस्तार एवं सुदृढिकरण, उत्पादन तर्फका ठूला आयाेजना अगाडी बढाउने, आन्तरीक खपत वृद्धि तथा निर्यात लगायतलाइ उच्च प्राथिकतामा राखि काम अघि बढाइएकाे प्राधिकरणले जनाएकाे छ।