Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा मोरङ्गको खोर्सानेमा

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा मोरङ्गको खोर्सानेमा

काठमाण्डौँ,२६ आषाढ । ज्योति विकास बैंक लिमिटेडले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । साखाको बैंकका संचालक छत्रमान श्रेष्ठ र सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले उद्घाटन गरेका थिए । सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए साथै बैंकका संचालक छत्रमान श्रेष्ठले यसै बैंक साखा मार्फत कारोवार गरि सहयोग गर्न अनुरोध गरे ।

यसै आर्थिक वर्ष भित्र थप ३ नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावालीले जानकारी दिए । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट १७ अर्व ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको बताए । हाल बैंकले ५७ शाखा कार्यालय तथा १८ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्व ५९ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x