९ महिनापछि हट्यो टिकटकमाथि लगाइएको प्रतिबन्ध
काठमाडाैं, ७ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारले बन्द गराएको टिकटकलाई चिनियाँ प्रतिनिधिको बारम्बारको दबाबपछि आचार संहिता बनाएरै टिकटक खुला गर्ने भन्दै टिकटक खोलेको हो ।
अब सामाजिक सद्भाव नभड्काउने गरी सामाजिक सञ्जाल सञ्चालन निर्देशिकामा आधारित रहेर टिकटक चलाउन पाइने छ ।