Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

२९ सय बिन्दुबाट तल झर्‍याे नेप्से, १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार

२९ सय बिन्दुबाट तल झर्‍याे नेप्से, १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार

काठमाडाैं, ९ भदौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परसिूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परसिूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज तीन सय ३३ वटा कम्पनीका ४ करोड २६ लाख कित्ता शेयर १९ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएका छन् ।आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको हाे ।

आज कारोबार भएको बजारमा वन नेपाल लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै मन्दाकिनी हाइड्रोपावर र केबिएल डिबेञ्चरको शेयर ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *