Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लेकाली बसीफाँट माध्यमिक विद्यालयका छात्रछात्रालाई नेपाल एसबिआईको सहयोग

लेकाली बसीफाँट माध्यमिक विद्यालयका छात्रछात्रालाई नेपाल एसबिआईको सहयोग

नेपाल एसबिआई बैंकले मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बागमती प्रदेश प्रमुख बिनोद कुमार ढुंगेल तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुको उपस्थिति थियो ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल कम्पनीले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x