नेपालबाट दुई महिनामै १ अर्ब २६ करोडको चिया निर्यात
काठमाडौं, ८ असोज । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको निर्यात निर्यातमा ठूलो वृद्धि देखिएको छ । सो अवधिमा नेपालबाट १ अर्ब २६ करोड ४८ लाख रुपैयाँभन्दा बढीको ४४ लाख २० हजार किलोभन्दा बढी निर्यात विभिन्न मुलुकमा निर्यात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको साउन र भदौमा ७९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको ३० लाख ११ हजार किलोभन्दा बढी चिया विभिन्न मुलुकमा निर्यात भएको थियो ।
गत आर्थिक वर्ष २०८०–८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार रुपैयाँ बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो ।