राजस्व चुहावट नियन्त्रण गर्न संयुक्त रणनीति तय
काठमाडाैं, १४ कार्तिक ।राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन् ।
अर्थमन्त्रालयका अनुसार भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्चपदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेका हुन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा गत वर्षको सोही अवधीको तुलनामा १३.३ प्रतिशतले राजस्व वृद्धि भएको छ ।