Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडाैं, २७ कार्तिक । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण उठाउने भएको छ । सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

बुधबार बिहान १० बजेदेखि २ बजेसम्म बोलकबोल मार्फत उक्त परिमाणमा आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x