Date

बिहि, मंसिर ६, २०८१
Thu, November 21, 2024

वाणिज्य बैंकहरूको सम्पत्ति १२.९ र विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले बढ्यो

वाणिज्य बैंकहरूको सम्पत्ति १२.९ र  विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले बढ्यो

काठमाडौं, ४ मंसिर । गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको सम्पत्ति बढेको छ । गत आर्थिक वर्षमा ‘क’ वर्गका बैंकहरूको कुल सम्पत्ति र दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको आइतबार नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै गत आवमा विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले वृद्धि भएर ७ खर्ब १७ अर्ब पुगेको छ ।

यसैगरी वित्त कम्पनीहरूको सम्पत्ति ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यता, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति र दायित्व १.३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड रूपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x