Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

बैंकिङ्ग प्रणालीबाट थप १ खर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीबाट थप १ खर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडाैं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप १ खर्ब खिच्ने भएको छ।राष्ट्र बैंकले मंसिर १२ गते निक्षेप संकलन विधिबाट २१ दिनको लागि उक्त रकम तान्न लागेको हो।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा विस्तार गर्न नसकेपछि थुप्रिएको रकम बैंकले बोलकबोल उपकरणमार्फत १ खर्ब रुपैयाँ तान्न लागेको हो।यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको पुस ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *