Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

३३.७० अंकले बढ्याे नेप्से, ९ अर्बकाे काराेबार

३३.७० अंकले बढ्याे नेप्से, ९ अर्बकाे काराेबार

काठमाडौं, १२ मंसिर । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३९.७० अंकले बढेको छ। आज सेयर बजार मापक नेप्से परिसुचक १.४६ प्रतिशतले बढेर २ हजार ७ सय ५६ बिन्दुमा पुगेको छ।

आज नेप्सेसंगै काराेबार रकम पनि बढेकाे छ।यस दिन १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाख ३४ हजारमा कारोबार भएको छ।

हिजाे १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजारमा कारोबार भएको थियाे।

आज कारोबार भएको बजारमा २०० कम्पनीको सेयर मुल्य बढेको छ भन ३८ वटाको घटेको छ। यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ।

यस दिन विशाल बजार कम्पनी,कर्णाली डेभलोपमेन्ट बैंक,कर्पोरेट डेभलोपमेन्ट बैंक,सिन्धु विकास बैंक,सर्पोट माइको्रफाइनान्स,सप्तकोशी डेभलोपमेन्ट बैंक र मानुसी लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिन डेभलोपमेन्ट बैंकको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै मिथिला लघुवित्तको मुल्यमा नकारात्मक सर्किट लागेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x