बुधबार सामान्य बढ्याे सुनचाँदीकाे मूल्य
काठमाडौं, १९ मंसिर । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । मंगलबार ताेलामा १ हजार रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएकाे थियाे ।