नेपाल र चीनबीच बीआरआई ‘फ्रेमवर्क’मा जुट्यो सहमति
काठमाडाैं, १९ मंसिर । नेपाल र चीन सरकारबीच बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा उक्त फ्रेमवर्कमा सहमति भएपछि हस्ताक्ष्र भएको हो । फ्रेमवर्कमा नेपालका तर्फबाट निमित्त परराष्ट्रसचिव अमृतबहादुर राई र चिनियाँ विदेश मन्त्रालयका अधिकारीले हस्ताक्षर गरेका हुन् ।
योसँगै चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ ।