Date

बिहि, मंसिर २०, २०८१
Thu, December 5, 2024

२४.९७ अंकले घट्याे नेप्से, ९ अर्बकाे काराेबार

२४.९७ अंकले घट्याे नेप्से, ९ अर्बकाे काराेबार

काठमाडौं, १९ मंसिर । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २४.९७ अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.८९ प्रतिशतले घटेर २ हजार ७ सय ५० बिन्दुमा पुगेको छ।

यस दिन २ करोड ३ लाख ३२ हजार ०६६ कित्ता सेयर ९ अर्ब १३ करोड २४ लाख ६८ हजारमा कारोबार भएको छ।

हिजा १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८ अर्ब ५२ करोड १२ लाख १९ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा १०४ कम्पनीको सेयर मुल्य बढेको छ भने १३२ वटा कम्पनीको सेयर मुल्य घटेको छ। यस्तै ८ सेयरको मूल्य स्थिर रहेको छ।

यस दिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने खानिखोला हाइड्रोपावर को सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै सर्पोट माइका्रेफाइनान्स र जीवन बीमा निगमको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x