Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

४९ अर्ब ४८ करोडको आईपीओ निष्कासनका लागि ८० कम्पनी पाइपलाइनमा

४९ अर्ब ४८ करोडको आईपीओ निष्कासनका लागि ८० कम्पनी पाइपलाइनमा

काठमाडाैं, २३ मंसिर । नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)जारी गर्नका लागि आवेदन दिने कम्पनीको संख्या ८० पुगेकाे छ । करिव एक वर्षयता नयाँ अनुमति जारी नभएपछि धितोपत्र बोर्डको पाइपलाइनमा रहेका संख्या यति पुगेको हो ।

बोर्डका अनुसार यी कम्पनीले कूल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय ९६ बराबरको ३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर जारी गर्ने छन् ।

आवेदन दिएका कम्पनीले बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गर्नेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

दुई साताअघि सरकारले रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x