Shangrila

चार बीमा कम्पनीले मात्र पुर्याए नियामकीय पुँजी आवश्यकता

काठमाडौं, ३१ असार । बीमा क्षेत्रको नियामक बीमा समितिले तोकेको चुक्ता पुँजीको आवश्यकता अनुरुप चार बीमा कम्पनीले मात्र चुक्ता पुँजीको आवश्यकता पुरा गरेका छन् । बीमा समितिले चालु वर्षको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुका लागि एक अर्ब रुपैँया र जीवन बीमा कम्पनीहरुका लागि दुई अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ । गत वर्ष नयाँ कम्पनीहरुलाई इजाजत प्रदान गर्नुअघि बीमा समितिले निर्जीवन बीमा कम्पनीको हकमा चुक्ता पुँजी २५ करोड रुपैँयाबाट बढाएर एक अर्ब रुपैँया र जीवन बीमा कम्पनीको हकमा चुक्ता पुँजी ५० करोडबाट बढाएर दुई अर्ब रुपैँया पुर्याएको थियो ।
बीमा समितिका अनुसार एक जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा कम्पनीले नियामकीय पुँजी आवश्यकता पुरा गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन जनरल इन्स्यारेन्स, शिखर इन्स्योरेन्स तथा नेको इन्स्योरेन्सले पुँजी आवश्यता पुरा गरेका छन् । अहिले देशभित्र १८ जीवन बीमा तथा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार, बीमा दर्ता तथा बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि सम्बन्धि निर्देशनले यस आर्थिक वर्षभित्र बीमा कम्पनीहरुका लागि आगामी ३ महिनाको समय थप गर्न सक्ने व्यवस्था गरेको छ । ‘बीमा समितिले मनासिब देखेमा तीन महिना समय थप गर्न सक्छ,’ उनले भने, ‘तर समितिले पुँजी पुर्याउने योजनाका आधारमा चुक्ता पुँजी वृद्धिको काम नगरेका कम्पनीहरुलाई गाभ्ने÷गाभिनेतर्फ प्रोत्साहीत गर्नेछ ।’

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *