Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

४५.८८ अंकले बढ्याे नेप्से, ५ अर्बकाे काराेबार

४५.८८ अंकले बढ्याे नेप्से, ५ अर्बकाे काराेबार

काठमाडौं, २६ मंसिर । वुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ४५.८८ अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक १.७१ प्रतिशतल बढेर २ हजार ७ सय १५ बिन्दुमा पुगेको छ ।

यस दिन १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५ अर्ब ५ करोड ६ लाख ५४ हजारमा कारोबार भएको छ । मंगलबार ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ४ अर्ब ४१ करोड ३२ लाख २० हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा २१२ कम्पनीको सेयर मुल्य बढेको छ भने २८ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ३ सेयरको मूल्य स्थिर रहेको छ।

यसदिन कुनैपनि कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने न्यादी हाइड्रोपावर को सेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ।

यसैगरि आज कुनैपनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज म्युचुअल फण्ड बाहेक अन्य सबै समूहका उपसुचकहरु बढेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x