Date

बिहि, पुस ४, २०८१
Thu, December 19, 2024

सामान्य बढ्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, ५ महिनामा २० अर्ब ७८ करोड स्वीकृत

सामान्य बढ्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, ५ महिनामा २० अर्ब ७८ करोड स्वीकृत

काठमाडाैं, ४ पुस । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बढेकाे छ । चालू आर्थिक वर्षकाे साउनदेखि मंसिरसम्ममा पाैने २१ अर्ब रुपैयाँ एफडिआई स्वीकृत भएकाे छ।

उद्योग विभागका अनुसारगत आवको पहिलो पाँच महिनामा २० अर्ब ६१ करोड रुपैयाँ एफडिआई स्वीकृत भएकोमा यस आवको साेहि अवधिमा २० अर्ब ७८ करोड रुपैयाँ एफडिआई स्वीकृत भएको हाे ।

यस वर्ष विदेशी लगानी रहने उद्योगहरूको संख्या पनि बढेका छन् । गत आवको पहिलो पाँच महिनामा एक सय ९९ परियोजनाको लगानी स्वीकृत भएकोमा यस वर्षको सोही अवधिमा ३१९ परियोजनाको लगानी स्वीकृत भएको छ ।

पाँच महिनाको अवधिमा एक सय ३८ उद्योगले अटोमेटिक रुटबाट दुई अर्ब १३ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् । एक सय ८१ परियोजनाले नियमित प्रक्रियाबाटै १८ अर्ब ६५ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेका छन् ।

सुरुवातदेखि मंसिर मसान्तसम्म उद्योग विभागमार्फत कुल ६ हजार सात सय १८ उद्योगले पाँच खर्ब ४० अर्ब ५४ करोड लगानीको प्रस्ताव गरेका छन् । जसमध्ये १० अर्ब २५ करोड अटोमेटिक रुटबाट र पाँच खर्ब ३० अर्ब २९ करोड नियमित रुटबाट प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x