Date

शनि, पुस ६, २०८१
Sat, December 21, 2024

नेपाललाई एडीबीले १ खर्ब ५ अर्ब सहयाेग उपलब्ध गराउने

नेपाललाई एडीबीले १ खर्ब ५ अर्ब सहयाेग उपलब्ध गराउने

काठमाडाैं, ६ पुस । एशियाली विकास बैंक (एडीबी) ले तीन वटा परियोजना कार्यान्वयन गर्न नेपाललाई एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा  आयोजित कार्यक्रममा ऋण एवम् अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घिमिरेले यो सहयोगबाट सिँचाइ प्रणाली, जल सुरक्षा र कृषिमा सुधार मात्र नभई नेपालको सबैभन्दा बढी प्रभावित समुदायमा जलवायु प्रतिरोधी क्षमतालाई सुदृढ पार्ने र योगदान पुर्‍याउने बताए ।

मन्त्रालयका अनुसार सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण हाे । यो रकम दोस्रो चरणको काठमाण्डौ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना र समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उपयोग गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x