Date

शनि, पुस १३, २०८१
Sat, December 28, 2024

आज पनि घट्याे नेप्से परिसूचक, साढे ४ अर्बमा खुम्चियाे काराेबार

आज पनि घट्याे नेप्से परिसूचक, साढे ४ अर्बमा खुम्चियाे काराेबार

काठमाडौं, ७ पुस । आइबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १३.५३ अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.५२ प्रतिशतले घटेर २ हजार ५ सय ८३ बिन्दुमा पुगेको छ।

यस दिन ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३ हजारमा कारोबार भएको छ । गत बिहिबार  ४ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १५३ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन  सपोर्ट माइक्राेफाइनान्स, बराहि  हाइड्रोपावर र न्यादि  हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी  हाइड्रोपावरको  सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै आजकुनै कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज  हाइड्रोपावर र निर्माण र प्रशोधन समूह बाहेक अन्य सबै समूहका उपसुचकहरु घटेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x