Date

शनि, पुस १३, २०८१
Sat, December 28, 2024

२८.९१ अंकले बढ्याे नेप्से, ४ अर्ब अर्बकाे काराेबार

२८.९१ अंकले बढ्याे नेप्से, ४ अर्ब अर्बकाे काराेबार

काठमाडौं, ८ पुस । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २८.९१ अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक १.११ प्रतिशतले बढेर २ हजार ६ सय १२ बिन्दुमा पुगेको छ।

यस दिन ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजारमा कारोबार भएको छ । आइतबार ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा १९४ कम्पनीको सेयर मुल्य बढेको छ भने ४२ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ८ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन  सपोर्ट माइक्राेफाइनान्स र सुपर मादी  हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बराहि हाइड्रोपावरको  सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै आज मानुसि लघुबित्त बित्तीय संस्थाको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज  म्युचुअल फण्ड  बाहेक अन्य सबै समूहका उपसुचकहरु बढेका  छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x