शेयर बजार २६२६ विन्दुमा उक्लियो
काठमाडौं, ९ पुस । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.११ अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.५४ प्रतिशतले बढेर २ हजार ६ सय २६ बिन्दुमा पुगेको छ।
यस दिन १ कराेड २७ लाख ४६ हजार ४१० कित्ता सेयर ५ अर्ब २० करोड २२ लाख ६३ हजारमा कारोबार भएको छ । साेमबार ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा १६७ कम्पनीको सेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावरको सेयर मुल्य ८.६० प्रतिशतले बढेको छ ।
यस्तै आज सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज निर्माण र प्रशोधन र ट्रेडिंग समूह बाहेक अन्य सबै समूहका उपसुचकहरु बढेका छन्।