मंसिरसम्ममा निर्जीवन बीमा कम्पनीकाे कुल बीमा शुल्क आर्जन १७ अर्ब माथि
काठमाडाैं, ११ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड रुपैयाँ रहेको छ । साउनदेखि मंसिरसम्म हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी दुई अर्ब १९ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ ।
यस्तै यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ७६ करोड, शिखर इन्स्योरेन्सले एक अर्ब ६४ करोड, आईजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड ५२ लाख, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड ९ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख, दि ओरिएण्टलले १ अर्ब १२ करोड ६९ लाख, यूनाइटेड अजोडले १ अर्ब २ करोड ५५ लाख, सानिमा जिआईसीले ९९ करोड ७४ लाख , नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख , राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख र नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।