“गरिमा समृद्धि योजना: ४ दिनमै सार्वजनिक निष्कासन सम्पन्न”
गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme) को रु. एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” कोनिष्काशन तथा बिक्री चार (४) कार्य दिनमा नै सम्पन्न गर्न सफल भएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौँ ।
गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको १०,००,००,००० ( दश करोड) इकाइहरू मिति २०८१ साल पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्मका लागि सार्वजनिक निष्काशन खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन पर्न आएकालेसार्वजनिक निष्काशन तथा बिक्री कार्य मिति २०८१ साल पौष ११ गते देखि लागूहुने गरी बन्द गरिएकोव्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौँ ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । साथै, आगामी दिनहरुमा समेत यहाँहरु सबैको साथ, सहयोग तथा सद्भाव कायम रहनेछ भन्ने पूर्ण विश्वास प्रकट गर्न चाहन्छौँ