Date

शनि, पुस २०, २०८१
Sat, January 4, 2025

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन शेयर बजारमा सामान्य सुधार, काराेबार रकम भने घट्याे

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन शेयर बजारमा सामान्य सुधार, काराेबार रकम भने घट्याे

काठमाडाैं, १७ पुस । अंग्रेजी नयाँ वर्षकाे पहिलाे दिन अर्थात बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्यब अंकले बढेकाे छ ।

मंगलबार ने३३.०८ अंकले घटेको नेप्से परसिूचक आज ५.१० अैकले बढेर २५ सय ८१ दशमलव ६० विन्दुमा कायम भएकाे छ ।

यस दिन काराेबार रकम भने घटेकाे छ । हिजो पाँच अर्ब ६७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका ९४ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ ।

आज बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेको छन् । फाइनान्स समूहको शेयर सर्वाधिक ३.८७ प्रतिशतले बढेको छ ।

आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x