४९.१२ अंकले बढ्याे नेप्से, ६ अर्ब ३० करोडकाे काराेबार
काठमाडौं, २२ पुस । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ४९.१२ अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसुचक १.८९ प्रतिशतले बढेर २ हजार ६ सय ४० बिन्दुमा पुगेको छ।
यस्तै आज नेप्सेका साथै कारोबार रकम पनि बढेकाे छ । यस दिन १ कराेड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर ६ अर्ब ३० करोड ५४ लाख ३१ हजारमा कारोबार भएको छ । आइतबार ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर४ अर्ब ८६ करोड २ लाख एक हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा २२६ कम्पनीको सेयर मुल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ४ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन आत्मानिर्भर लघुवित्त बित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्राेपावरको सेयर मुल्य ९.७० प्रतिशतले बढेको छ ।
यस्तै आज उपकार लघुवित्त बित्तीय संस्था र सामुदायिक लघुवित्त बित्तीय संस्थाकाे सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज सबै समूहका उपसुचकहरु बढेका छन्।