बिहिबार प्रतिताेला ८ सय रूपैयाँले बढ्याे सुनकाे भाउ
काठमाडाैं, २५ पुस । बिहिबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ५ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ८ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ८ सय ४० रूपैयाँ किनबेच भइरहेको छ।