माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचपत्र नम्बर अनिवार्य
काठमाडाैं, २६ पुस । माघदेखि बैंक, वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाे छ । नेपाल राष्ट्र बैंकले बिहीवार एकीकृत निर्देशन, २०८० संसोधन गरी खाता खोल्न राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैैंकको निर्देशनमा भनिएको छ ।
तर, सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा खाता खोल्नु सकिने भएपनि उक्त खाताबाट रकम झिक्नुअघि निर्देशन बमोजिम ग्राहक पहिचान गर्न सकिने व्यवस्था निर्देशनमा छ ।