Date

आइत, माघ २७, २०८१
Sun, February 9, 2025

पाँच महिनामा ६ अर्ब ३२ करोडको सूचना प्रविधि सेवा निर्यात, ७९ करोड बराबरको सेवा आयात

पाँच महिनामा ६ अर्ब ३२ करोडको सूचना प्रविधि सेवा निर्यात, ७९ करोड बराबरको सेवा आयात

काठमाडाैं, २८ पुस । चालु आर्थिक वर्षको ५ महिनामा ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा ९आइटी सेवा० निर्यात भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्ममा ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको आइटी सेवा निर्यात हुँदा ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात भएको छ ।

प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ भने मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो।

मंसिरमा सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x