Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

साढे २५ अंकले घट्याे नेप्से, ४ अर्बकाे काराेबार

साढे २५ अंकले घट्याे नेप्से, ४ अर्बकाे काराेबार

काठमाडाैं, २८ पुस । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से २५.४१ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.९६ प्रतिशतले घटेर २ हजार ६ सय ०९ बिन्दुमा पुगेकाे छ ।

यस दिन ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ कराेड ७९ लाख ९ हजारमा काराेबार भएकाे छ । गत बिहिबार १ कराेड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७ अर्ब ३० कराेड ५३ लाख ४२ हजारमा काराेबार भएकाे थियाे ।

आज काराेबार भएकाे बजारमा ४३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १९४ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ६ सेयरकाे मूल्य स्थिर रहेकाे छ ।

यस दिन वीन नेपाल लघुवित्त बित्तीय संस्था र  सिन्धु विकास बैंककाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने नेपाल रिपबलिक मिडियाकाे सेयर मूल्य ४.८७ प्रतिशतले बढेकाे छ ।

यस्तै आज न्यादि हाइड्राेपावरकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।

आज सबै समूहका उपसुचकहरू घटेका छन्र ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x