Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

१५.५४ अंकले घट्याे नेप्से, साढे ६ अर्बकाे काराेबार

१५.५४ अंकले घट्याे नेप्से, साढे ६ अर्बकाे काराेबार

काठमाडाैं, २९ पुस । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १५.५४ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.५९ प्रतिशतले घटेर २ हजार ५ सय ९४ बिन्दुमा पुगेकाे छ ।

यस दिन १ कराेड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६ अर्ब ६५ कराेड ८ लाख ८३ हजारमा काराेबार भएकाे छ । आइतबार ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ कराेड ७९ लाख ९ हजारमा काराेबार भएकाे थियाे ।

आज काराेबार भएकाे बजारमा ६३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७५ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ५ सेयरकाे मूल्य स्थिर रहेकाे छ ।

यस दिन बराहि हाइड्राेपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने सुपर मादि हाइड्राेपावरकाे सेयर मूल्य ८.८७ प्रतिशतले बढेकाे छ ।

यस्तै आज आत्मनिर्भर लघुवित्त बित्तीय संस्था र सिन्धु विकास बैंककाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।

आज सबै समूहका उपसुचकहरू घटेका छन्र ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x