७.३३ अंकले घट्याे नेप्से, ५ अर्ब ९३ कराेडकाे काराेबार
काठमाडाैं, ३ माघ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.३३ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.२८ प्रतिशतले घटेर २ हजार ५ सय ८८ बिन्दुमा पुगेकाे छ ।
यस दिन १ कराेड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर ५ अर्ब ९३ कराेड ३७ लाख ११ हजारमा काराेबार भएकाे छ । साेमबार १ कराेड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ५ अर्ब ८२ कराेड ४९ लाख ४ हजारमा काराेबार भएकाे थियाे ।
आज काराेबार भएकाे बजारमा ८८ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १५२ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ३ सेयरकाे मूल्य स्थिर रहेकाे छ ।
यस दिन बोटलर्स नेपाल लिमिटेड, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मंदाकिनी हाइड्रोपावर लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेकाे छ ।
यस्तै आज पाेखरा फाइनान्सकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।
आज हाइड्राेपावर, निर्माण र प्रशोधन, म्युचुअल फण्ड, अन्य सूचकांक र ट्रेडिंग समूह बाहेक सबै समूहका उपसुचकहरू घटेका छन् ।