Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

नेपाल स्टक एक्सचेञ्जमा ६.७८ अंकको वृद्धि, ११८ कम्पनीका सेयर मूल्यमा बढोत्तरी

नेपाल स्टक एक्सचेञ्जमा ६.७८ अंकको वृद्धि, ११८ कम्पनीका सेयर मूल्यमा बढोत्तरी

काठमाडाैं, ७ माघ । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ६.७८ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.२६ प्रतिशतले बढेर २ हजार ६ सय ७ बिन्दुमा पुगेकाे छ ।

यस दिन १ कराेड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६ अर्ब ५७ कराेड ४ लाख ७७ हजारमा काराेबार भएकाे छ । आइतबार १ कराेड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ कराेड ७२ लाख ३५ हजारमा काराेबार भएकाे थियाे ।

आज काराेबार भएकाे बजारमा ११८ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ११७ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ८ सेयरकाे मूल्य स्थिर रहेकाे छ ।

यस दिन कुनै पनि कम्पनिकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छैन भने मानुषि लघुवित्तकाे सेयर मूल्य ९.०५ प्रतिशतले बढेकाे छ ।

यस्तै आज वीन नेपाल लघुवित्त र सुपार मादि हाइड्राेपावरकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *