नेप्से परिसुचक ५.०८ अंकले बढेर २,६१३ बिन्दुमा

काठमाडाैं, ८ माघ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ५.०८ अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.१९ प्रतिशतले बढेर २ हजार ६ सय १३ बिन्दुमा पुगेकाे छ ।
यस दिन १ कराेड १६ लाख २६ हजार २० कित्ता सेयर ६ अर्ब १९ कराेड १ लाख ४१ हजारमा काराेबार भएकाे छ । साेमबार १ कराेड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६ अर्ब ५७ कराेड ४ लाख ७७ हजारमा काराेबार भएकाे थियाे ।
आज काराेबार भएकाे बजारमा ११८ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ११७ वटा कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ८ सेयरकाे मूल्य स्थिर रहेकाे छ ।
यस दिन मनदाकनि हाइड्राेपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने सप्तकाेसि डेभलाेप्मेन्टकाे सेयर मूल्य ८.०६ प्रतिशतले बढेकाे छ ।
यस्तै आज कुनै पनि कम्काेपनिकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।