नेपाली बजारमा सुन-चाँदीको भाउ उकालो: सुन प्रतितोला १ लाख ६० हजार
काठमाडाैं, ९ माघ । नेपाली बजारमा सुन-चाँदीकाे भाउ बढेकाे छ । मंगलबार प्रतितोला १ हजार १ सय रूपैयाँ बढेकाे सुनको भाउ यसदिन प्रतितोला १ हजार ९ सय रूपैयाँ बढेकाे हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेकाे छ । मंगलबार प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।