आइतबार प्रतितोला ४ सय रूपैयाँ घट्याे सुनको मूल्य

काठमाडाैं, १३ माघ । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेकाे छ। शुक्रबार प्रतितोला ४०० रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ४ सय रूपैयाँ घटेकाे हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि ताेलामा २५ रूपैयाँले घटेकाे छ। शुक्रबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।