१०.६१ अंकले घटेर २,६३३ बिन्दुमा झर्याे नेप्से परिसुचक
काठमाडाैं, १४ माघ । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १०.६१ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४० प्रतिशतले घटेर २ हजार ६ सय ३३ बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८ अर्ब ९२ करोड ४० लाख ६५ हजारमा कारोबार भएको छ । आइतबार१ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख ७३ हजारमा काराेबार भएको थियो ।
आज कारोबार भएको बजारमा १०५ कम्पनीको सेयर मुल्य बढेको छ भन १२९ वटाको घटेको छ। यस्तै ९ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन न्यादि हाइड्राेपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकि फाइनान्सकाे सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै आज कुनै पनि सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।