Date

शुक्र, माघ २५, २०८१
Fri, February 7, 2025

नागरिक अधिकार कुण्ठित गर्ने विधेयकप्रति पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

नागरिक अधिकार कुण्ठित गर्ने विधेयकप्रति पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

काठमाडाैं, १७ माघ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारले राष्ट्रियसभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक संविधानको व्यवस्था, भावना र मर्म विपरीत रहेको जनाएको छ ।

शाखाका सचिव रमेश कुमार बोहोराले मंगलबार साँझ विज्ञप्ति जारी गरी विधेयकमा गरिएका व्यवस्थाले नागरिको सुसूचित हुने संवैधानिक हक खोसिने र लोकतन्त्रको दायरा साँघुरो हुने जनाइएको छ ।

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रेस स्वतन्त्रताको दायरा साँघुरो बनाउने सरकारको नियत रहेको स्पष्टै देखिएको छ । विधेयकमा तथ्य र प्रमाणसहित प्रकाशित समाचार सामाजिक सञ्जालमा साझा गरेमा फौजदारी अभियोग लगाइने प्रावधान राखिएको छ ।

काठमाडौं शाखाले यस्तो प्रावधानको घोर बिरोध गर्दै तथ्य र प्रमाणका आधारमा समाचार प्रकाशन तथा प्रसारण गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको अवस्थामा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई पनि फौजदारी कसुर आकर्षित हुने व्यवस्था गरिएकोमा आपत्ति जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x