नेप्से १४.०८ अंकले घट्यो, ८.९१ अर्बको कारोबार
![नेप्से १४.०८ अंकले घट्यो, ८.९१ अर्बको कारोबार](https://arthakoartha.com/wp-content/uploads/2023/12/share-market.jpg)
काठमाडाैं, २२ माघ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.०८ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.५१ प्रतिशतले घटेर २ हजार ७ सय १५ बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजारमा कारोबार भएको छ । साेमबार २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा ७१ कम्पनीको सेयर मुल्य बढेको छ भन १६२ वटाको घटेको छ। यस्तै ९ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन् भने जाेसि हाइड्राेपावरकाे सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै आज कर्पोरेट विकास बैंक लिमिटेड, ग्रिन विकास बैंक लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।
आज जलविद्युत र अन्य समूह बाहेक सबै समूहका उपसुचकहरू घटेका छन् ।